Connect with us
Kapilvast Forest

कर्णालीमा एमाले एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै १

२०७७, ४ चैत्र बुधबारमा प्रकाशित

 

सुर्खेत- नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले कायमै रहेको बताएको छ ।

बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले संसदीय दलको बैठक राखे, जसमा एमाले अध्यक्ष केपी ओली समूहका १० प्रदेशसभा सदस्य उपस्थित रहेको थियो । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ९ जना प्रदेशसभा सदस्य बैठकमा जानुभएन ।

 

प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित हुनु भएको छ । जसमध्ये राजबहादुर शाही सभामुख रहनु भएको छ ।बैठकपछि कँडेलले पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताउनु भयो । साथै सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता आउन निर्देशन दिनु भयो ।

तर त्यसको केहीबेरमा नेपाल समूहका सांसदहरुले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउनु भएको छ ।

एमाले संसदीय दलको नाममा गुटगत बैठक भएको कर्णाली सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेक एमाले सांसद प्रकाश ज्वालाले बताउनु भयो ।

‘गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं’ उहाँले भन्नु भएको छ , ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ ।’नेपाल समूहका सांसद ज्वालाले सरकारलाई एमालेको समर्थन कायमै रहेको समेत बताउनु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu