Connect with us
Kapilvast Forest

चेल्सी र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

एजेन्सी-एटलेटिको म्याड्रिडलाई पराजित गर्दै चेल्सी यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा चेल्सीले एटलेटिको म्याड्रिडलाई २(० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजा सहित चेल्सी विजयी भएको हो। यसअघि पहिलो लिगमा चेल्सी १-० ले विजयी भएको थियो।

चेस्लीको जितमा हाकिम जिएच र एमर्सन पालमिएरीले एक एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ८१औ मिनेटमा स्टेफन साभिकले रातो कार्ड पाएपछि एटलेटिको म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो।

यसै गरी गएराति नै भएको अर्को खेलमा बायर्न म्युनिखले सिरी ए क्लब लाजियोलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२ को नतिजा निकाल्दै अन्तिम आठमा पुगेको हो।

बायर्न म्युनिखको जितमा रोबेर्ट लेवानडोस्कीले एक गोल गरे भने एरिक म्याक्सिमले दोस्रो गोल गरेका थिए। त्यस्तै लाजिओका लागि मार्को पारोलोले एक गोल फर्काएका थिए।

योसँगै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ। जसमा चेल्सीसहित बायर्न म्युनिख, लिभरपुल, म्यानचेस्टर सिटी, पिएसजी, बोरुसिया डोर्टमण्ड, पोर्टो र रियल म्याड्रिड रहेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu