Connect with us
Kapilvast Forest

इङ्ल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेटमा भारत विजयी

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

एजेन्सी – इङ्ल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेट घरेलु टिम भारतले जितेको छ।अहमदाबादमा बिहीबार राति भएको खेलमा भारतले इंग्ल्यान्डमाथि ८ रनको जित निकालेको हो। जितसँगै ५ खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ। अब सिरिज विजेताको निर्णय अन्तिम खेलले तय गर्नेछ।

भारतले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो।​ इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए। यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे। भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । यस्तै हार्दिक पाण्डय र राहुल चहलले २र२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । भारतका लागि सुर्य कुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए । इंग्ल्यान्डका जोफ्रा आर्चर ४ विकेट लिए। अब अन्तिम खेल भोलि हुने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu