Connect with us
Kapilvast Forest

माओवादीसँग तत्काल सहकार्य र एकता सम्भावना छैन: ओली

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित


काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग तत्काल कुनै सहकार्य र एकताको सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ ।

बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा उनले माओवादीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नु भएको हो ।‘हामी पार्टीलाई अब विल्कुलै नयाँ शिराबाट लान चाहान्छौँ। त्यसैले अहिले माओवादीसँग एकताको कुनै सम्भावना छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले भन्नु भयो ‘हामीसँग विचार मिल्नेहरूलाई सँगै लिएर अगाडि बढ्छौँ।’

उनले पार्टीलाई नयाँ शिराबाट लाने भएकाले कसैलाई छुवाछुत नगरी अगाडि बढ्नेसमेत बताए। ‘हाम्रो विचारसँग नजिक रहेको दल वा व्यक्तिसँग हाम्रो निरन्तर सहकार्य हुन्छ’, ओलीले भन्नु भयो ।

उहाँले बैठकमा विधान संशोधन किन आवश्यक भएको प्रस्ट पार्नु भयो । ‘यो २०७२ सालको विधान हो। २०७४ पार्टी नै थिएन त्यसैले संशोधन गर्न सकेनौँ’, उहाँले भन्नु भयो , ‘अहिले पार्टीलाई अगाडि लैजान विधान संशोधन आवश्यक छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu