Connect with us
Kapilvast Forest

सिडिओ र प्रमुख प्रशासकीय अधिकृत हुँ भन्दै हिँड्ने बुढा पक्राउ

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

सुर्खेत-सिडिओ र प्रमुख प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढा बिहीबार वीरेन्द्रनगरबाट पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको आग्रहमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।

प्रहरीका अनुसार बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए । ‘कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘जाहेरी महानगरीय अपराध महाशाखा काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाउने तयारी भइरहेको छ ।’ सरकारी यूनिफर्म लगाएरै उनले ठग्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu