Connect with us
Kapilvast Forest

सुत्केरीको रोदनस् मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

pregnent ncn

काँडाघारी-चौध वर्षअघि देवकुमार ९दिपेश० भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन्। ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ।

अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए। ‘एक मुठी सास र एक थोपा रगत रहेसम्म तिमिलाई छाड्दिन’, देवकुमारले खाएको यो कसम विनिता झल्झली सम्झन्छिन्। भर्भराउदो ३१ वर्षे उमेरमा श्रीमती विनितालाई सुत्केरी भएकै बखत छाडेपछि पहिलेका वाचा कसम सबै झुठा ठहरिए। विगतमा उनका मिठामिठा सपनाले तानेर दुई जीवनलाई एक बनाएको थियो। काठमाडौंको काँडाघारीमा बस्ने देवकुमार २१ दिने सुत्केरी श्रीमती छाडेर फागुन २० देखि अलप भएपछि विनिताका भविष्यका सुन्दर सपना चकनाचुर बन्यो।

उनी अहिले डेढ महिनाको सुत्केरी छन्। ज्याला मजदूरी गर्नसक्ने अवस्थामा हुनुहुन्न। बाह्र वर्षकी जेठी छोरी सुमित्रालाई आमाको स्याहार गर्न मुस्किल छ। आर्थिक र पारिवारिक समस्याले चार पढेकी सुमित्राको पढाइ टुटेको छ। उहाँका घरमा खानेकुरा भए त छिमेकीले पकाइदिन्थे, तर मजदूरी नहुँदा अन्नको जोहो हुन सकेको छैन। मनकारीसँग विनिता आँखा रसाउँदै याचना गर्छन्, ‘सुत्केरी मात्रै उतार्न पाए त काम गरेर दुई छोरी पाल्थेँ, सहयोगीले दुई–चार महिना सहयोग गरिदिए हुन्थ्यो।’

विनितालाई श्रीमानको ती बाचाले पोल्छ। श्रीमान् आफैँ एक्लै भागेका भए पनि उनलाई धेरै पीडा हुँदैनथियो। खोजीका लागि गहारगुहार गर्थिन्। विनिताले श्रीमानलाई अर्काकी श्रीमती लिएर भागेको आरोप लगाएकी छन्। नजिकै बस्ने आफ्नै देउरानी अस्मिता आएर बेलाबेलामा खाना पकाउन सहयोग गर्छिन्। ‘आफ्नो भनौदाले त छाडेर गयो अर्काले यसरी कति दिन सहयोग गर्लान् र’, मन भक्कानो पार्दै विनिता भन्छिन्, ‘छाँगाबाट खसेजस्तो भएकी छु।’

बिहीबार उनको घर पुग्दा खाटमा शिशु च्यापेर मलिन अनुहारमा बसिरहेकी विनिताको पीडा कम गराउन छिमेकीले साथ दिइरहेका थिए। गएको असारदेखि मासिक चार हजार घर भाडा तिरेको छैन। पसलबाट सामान ल्याएको उधारो तिर्न बाँकी नै छ। विगतमा श्रीमानले कमाएको पैसा मदिरा खाएर सक्ने गरेको विनिताले सुनाइन्। विलखबन्दमा परेकी विनितालाई आजकाल दैनिक गुजारो टार्न धौधौ भएको छ।

सुत्केरी श्रीमती छाडेर हिँडेका श्रीमानको आजसम्म अत्तोपत्तो छैन। उनका अनुसार त्यो दिन इलाममा बस्ने दिदीको घर जान्छु भनी बहाना बनाए घरबाट हिँडेका थिए। बीचमा फोन सम्पर्क हुँदा सप्तरीमा फागुन २८ मा साथीको बिहे छ, त्यो बिहे सकाएर जान्छु भनेको विनिता सुनाउछिन्। त्यसदिन छिमेकी एक व्यक्तिले देवकुमारले मेरी श्रीमती भगाएर लग्यो भनेर आफूसँग कुरा गर्न आएको सुनाउने विनिता पनि केटी लिएर भागेको दोहोर्‍याउँछिन्।

ती व्यक्तिले पनि श्रीमती खोजी पाउँ भनेर काँडाघारी प्रहरीमा उजुरी दिएको छ। विनिताले केटी लग्यो भनेर उजुरी हाले छिट्टै आउनुस् भनेर श्रीमानलाई सप्तरीबाट फर्कन आग्रह गरिन्। फागुन २९ गते बिहान घर हिँडे भनेर जानकारी दिएको मान्छे त्यसदिन पछि मोबाइल बन्द भएको विनिताले सुनाइन्।

देवकुमार घर बनाउने मिस्त्री हुन्। विनिता गार्मेन्टको काम गर्थिन्। दुवैले चौध वर्षसम्म सँगै सङ्घर्ष गरे। दुवै कहिले काठमाडौं त कहिले भारत गई काम गरेर जीवन गुजारा गरे। केही सीप नलागेपछि धेरै कमाउने आशा बोकेर उनले श्रीमानलाई विसं २०७२ मा मलेसिया पठाइन्। त्यहाँ पनि कमाई नभएपछि एक वर्षमै फर्किएको र विदेसिँदा लागेको ऋण पछि मजदूरी गरेर तिरेको उनले बताइन्।

कमाइ नभए पनि दुवैले काम गर्दा परिवार राम्रै थियो। गत सालको बन्दाबन्दीपछि भने उनीहरूको दुःखका दिन शुरु भए। काम गर्ने ठाउँमा मजदुरी गर्ने एक महिलासँग हिमचिम बढेको विनिताले बताइन्। उनका अनुसार गएको मङ्सिरपछि भने घरमा नआउने, बाहिरबाहिरै बस्ने गर्न थाले।

अर्की महिलासँगको लसपस चाल पाएपछि घर परिवारबाट छुटाउने प्रयास धेरै पटक भएको उनले बताइन्। दुवैलाई राखेर छलफल गराउँदा सुध्रने प्रतिबद्धता पनि आएको छिमेकी ९विनिताकी देउरानी० अस्मिता भुजेलले भनिन्। उनी पनि त्यही महिला लिएर भागेको जिकिर गर्छन्। फागुन २० गते २१ दिने सुत्केरीलाई अलपत्र पारी उनी हराएका छन्। अहिले विनिताले पनि प्रहरीमा श्रीमानको खोजी गरी पाउँ भनेर निवेदन दिएकी छन्। मोबाइल बन्द भएकाले खोजी गर्न नसकिएको प्रहरी बताउँछन्।

प्रहरी निरीक्षक रुपेन्द्र श्रेष्ठ दुवै परिवारको तर्फबाट हराएकाले खोजी गरी पाउँ भनेर निवेदन परेकाले खोजी जारी रहेको बताए। घटनामा उनीहरु संलग्न भएनरभएको भने फेला परेपछि मात्रै थाहा हुने उनको बनाइ छ। अशिक्षा, पुरुषको स्त्रीप्रतिको आशक्ति, महिलाप्रति हुने हेय व्यवहार, पुरानो सामाजिक मूल्य मान्यताका कारण कानूनमा कडाइ गरे पनि समाजमा अर्को लिएर भाग्ने क्रम रोकिएको छैन।

यौनाशक्ति, आर्थिक समस्या र मानसिकरूपमै मानवीय कमजोरीका कारण यस्ता समस्या निम्तिने मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले बताए। उनका अनुसार केही महिलाले अर्को महिलाको पीडा बुझ्नुभन्दा पनि विवाहोत्तर सम्बन्धका घटना हुने गरेको छ। प्रहरी प्रधान कार्यालका अनुसार घरमा श्रीमती हुँदाहुँदै अर्को महिला भगाएको भनेर बेलाबेलमा उजुरी आइरहेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाह गर्न नहुने र यसरी विवाह भएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र रु दश हजारदेखि ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ। दोस्रो विवाह स्वतः बदर हुने कानूनी व्यवस्थासमेत रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu