Connect with us
Kapilvast Forest

निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा नहुँदा प्रतिगमन भनियोः परराष्ट्रमन्त्री

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं– परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा नहुँदा प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनिएको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले संकटमा जनतालाई सेवा गर्न पाउँदाको अग्रगमन केही नहुने बताउनुभयो । ‘हामी कहाँ निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भन्ने नयाँ भाष्य विकास भएको छ,’ उहाँको भनाइ छ, ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, पद नपाउँदा प्रतिगमन हुने, तर हाम्रा निम्ति काठमाडौंका काकाकुलजस्ता परेका नागरिकहरूले पानी खान पाउँदाको जस्तो अग्रगमन केही हुँदैन ।’

फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै सरकारले विधिको शासन र संविधानको सर्वोच्चतलाई विश्वास गर्ने पनि मन्त्री ज्ञवालीले बताउनुभयो ।

मन्त्री ज्ञवालीले वर्तमान सरकारले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नती गर्न सिफारिस, मेलम्ची आयोजना, मरिन सुनकोशी डाइभर्सन, ३९६ पालिकामा आधारभूत अस्पताल शिलान्यास, कोरोनाविरुद्ध खोप , लिपुलेकलगायतका विषयमा ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu