Connect with us
Kapilvast Forest

संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन: कांग्रेस

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाएनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले संसद विघटन बदर भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ कि पर्दैन भनी सोध्नु भएकमो थियो ।

 

असंवैधानिक कदम हो भनेर न्यायपालिकाले निर्णय गरेपछि सरकारको निर्णय खारेज गरेपछि, विधिको शासन मान्छौं र संविधानको पालना गर्छौं भन्ने सरकारले नैतिक दायित्व लिनुपर्छ कि पर्दैन रु’ उहाँले सोध्नु भयो ।

संविधानको रक्षा गर्नु सरकारको पहिलो काम भए पनि ओली नेतृत्वको सरकार बनेदेखि निरन्तर रुपमा संविधानमाथि प्रहार सुरु भएको नेता खाँडले बताउनु भयो । ‘संविधान बनेकै दिनदेखि विचार अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार सुरु गरेको छ’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu