Connect with us
Kapilvast Forest

नेपाल बाल संगठन कपिलवस्तुको कार्य समितिको जिम्मेबारी तोकियो

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

फाइल तस्बिर

कपिलवस्तु-
नेपाल बाल संगठन कपिलवस्तुको अधिबेशनमा निर्बिरोध निर्वाचित कार्य समितिको जिम्मेबारी बाडफाड गरिएको छ । तौलिहवामा शुक्रवार बसेको कार्य समितिको बैठकले सो जिम्मेवारी तोकेको हो ।

गत फागुन २२ गते संगठनको तौलिहवामा संपन्न अधिबेशनमा गोपालमणि ज्ञवालीको अध्यक्षतामा ८ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको थियो। शुक्रवारको कार्य समिति बैठकले उपाध्यक्षमा श्याम प्रसाद सुबेदी, सचिवमा श्याम प्रजापति, कोषाध्यक्षमा संतोष श्रीवास्तवलाई जिम्मेदारी दिएको अध्यक्ष ज्ञवालीले बताए ।

गत फागुन २२ गते निर्मला न्यौपाने, प्रेमकला थापा, संदीप प्रसाद मौर्य, र कृष्ण प्रसाद सापकोटा सदस्यमा चयन भएका थिए । अध्यक्ष ज्ञवालीले बालसंठन र बालगुहको विकास योजनाबद्धरुपमा अघि बढाईने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu