Connect with us
Kapilvast Forest

विश्वभर ९ करोड ९० लाख संक्रमणमुक्त, २७ लाख १२ हजारको मृत्यु

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

corona

काठमाडौं-विश्वभरमा नौ करोड ९० लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा नौं करोड ९० लाख २४ हजार ८७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १२ करोड २८ लाख ६८ हजार एक सय २३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २७ लाख १२ हजार चार सय ६३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ११ लाख ३१ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड चार लाख २३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड २६ लाख सात हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ५३ हजार नौ सय ३४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड १५ लाख ५४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ११ लाख पाँच हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ५९ हजार पाँच सय ९४ जना पुगेको छ।

नेपालमा हालसम्म दुई लाख ७५ हजार सात सय ५० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७१ हजार सात सय ३३ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार १६ जनाले ज्यान गुमाइसकेका छन्

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu