Connect with us
Kapilvast Forest

भारतमा २४ घण्टामा थपिए वर्षकै धेरै संक्रमित

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

साकंकेतिक तस्विर

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ९५० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या वर्षकै धेरै हो ।

यसअघि ६ चैत्रमा ३९ हजार ६४३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १५ लाख ५४ हजार ८९५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १८९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ५९४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख ५ हजार १४९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ९० हजार १५२ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu