Connect with us
Kapilvast Forest

एमाले संसदीय दलको बैठक आज, खनाल-नेपाल पक्षले बहिष्कार गर्ने

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

काठमाडौँ- बालुवाटारमा बिहान साढे १० बजे डाकिएको संसदीय दलको बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक पनि शुरू हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा पार्टीभित्रको विवाद तथा प्रतिनिधिसभा बैठक एमाले सांसदहरूले निर्वाह गर्ने भूमिकाको बारेमा छलफल हुने भट्टराईले बताए ।

बैठकको सूचना सबैलाई पठाइएकाले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल समूह पनि सहभागी हुने अपेक्षा गरिएको उनले बताए । बैठकमा सहभागी नहुने सदस्यलाई कारबाहीको चेतावनी दिँदै आएका अध्यक्ष ओलीले थप केही कदम चाल्ने हुन कि भन्ने आकलन पनि ब्याप्त छ ।

आजको बैठकमा सहभागी नहुँदा संस्थापन पक्षले चाल्ने कदमपछि थप रणनीति बनाउने खनाल-नेपाल पक्षको तयारी छ ।

ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने खनाल-नेपाल समूहले अडान लिँदै आएको छ ।

सर्वोच्च अदालतको फैसाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए ।

नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

ओलीले पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँदै आएको यो समूहले यही चैत्र ४ र ५ गते काठमाडौँमा राष्ट्रिय भेला गरेर संस्थापन पक्षलाई चुनौती दिइसकेको छ ।

संसदीय दलको बैठकमा सहभागी हुन लचिलो देखिएको यो समूहले बालुवाटारमा राखिएको बैठकमा भने सहभागी नहुने जनाएको छ ।

शुक्रबार बानेश्वरमा बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

नेपाल समूहको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको राख्नुपर्ने तर्क गरेको छ ।

दलको कार्यालय वा संसद् भवनमा बैठक आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुने बारेमा विचार गर्ने निर्णय गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu