एमाले संसदीय दलको बैठक अझै बसेन, किन भयो ढिलाई ?
काठमाडाैं-शनिबार विहान १०ः ३० बजेका लागि बोलाइएको एमाले संसदीय दलको बैठक अझै सुरु भएको छैन। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सांसदहरु आउने क्रम जारी रहेकाले बैठक सुरु हुन केही ढिलाइ भएको हो ।नेकपा एमालेले संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने तयारी गरेको छ ।