ओलीसँग एकता गर्दा आत्मसमर्पण गरेको होइन, आलोपालो सहमति थियो :प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली विदेशी शक्तिसँग सजिलै लम्पसार परेको आरोप लगाएका छन्।
५६ औँ अन्तर्राष्ट्रिय जाति भेद उन्मूलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी आन्दोलनले प्राप्त गरेको संविधान र समावेशीतालाई अन्त्य गर्नका लागि केही देशी विदेशी शक्तिहरू लागिरहेका छन्, त्यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली नै भेट्टाएका रहेछन्।’
उहाँले ओली विदेशी शक्तिसँग राम्रै लम्पसार पर्न सक्ने दाबी गर्नु भएको छ । ‘२०र२५ वर्ष विदेशीले हुर्काएका ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्नका लागि लिएका छन्। कति दिन लिन सक्छन्’ उहाँले भन्नुभयो । ‘ओलीले हामीलाई सिध्याउन खोजेको भन्नुभयो । त्यही बेलामा कहाँ के सेटिङ गरे या के गरे पार्टी नै पहिलेकै अवस्थामा फर्काइदिए’ उहाँले भन्नुभयो, ‘अहिले हामी जनताको साथमा पुगेका छौँ। पुस ५ गतेपछि धेरै ठूलो लडाइँ जितेजस्तो लागेको छ।’
उहाँले संविधान संशोधन गर्दै देश र जनताको पक्षमा भएको बताए। ‘निरङ्कुशताको पक्षमा भएकाले देश र जनताको नाम गरेर गोहीको आँसु चुहाउनुको अर्थ छैन’ उहाँले भन्नुभयो ।
एकता गर्दा आत्मसमर्पण गरेको होइन
ओलीसँग पार्टी एकता गर्दा आत्मसमर्पण नगरेको स्पष्ट पारे। ‘पार्टी एकता गर्दा आत्मसमर्पण गरेको होइन। राजनीतिक स्थायित्वको लागि ओलीसँग आलोपालो गरेको थिएँ। तर, आलोपालो गर्ने सहमति गरेको हुँ’ उनले भने, ‘मैले एकता भंग हुनुअघि नै ओली प्रवृत्तिविरुद्ध १९ पृष्ठ लामो पत्र लेखेको हुँ।’
उहाँले अहिले संविधान मिच्ने प्रयासलाई नेपाली जनताले फेरि एकजुट भएर आफ्नो अधिकारको प्रयोग गर्नुपर्ने पनि बताउनुभयो ।