Connect with us
Kapilvast Forest

प्रतिबन्ध हटेसँगै विप्लव समूह संगठन विस्तारमा केन्द्रित

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

biplop

 

भक्तपुर-प्रतिवन्ध फुकुवा भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुरमा संगठन विस्तारलाई तीव्रता दिएको छ।

सरकारसँग तीन बुँदे सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा शान्तिपुर्ण ढंगले आफ्नो गतिविधि सञ्चालन गर्ने प्रतिवद्धतासहित खुला राजनीतिमा आएको थियो।

विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्रान्तिकारीले भक्तपुरका विभिन्न विद्यालयहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण दिनुका साथै प्रारम्भिक कमिटी गठन गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार विप्लवको विद्यार्थी संगठनको आगामी जेठमा हुने राष्ट्रिय सम्मेलनको तयारी स्वरुप भक्तपुरका विद्यालय र कलेजहरूमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुका साथै प्रारम्भिक कमिटी गठन गरेको हो। विद्यार्थी नेता ललित बमको नेतृत्वले सरकारी विद्यालयमा करिव एक घण्टाको प्रशिक्षण सञ्चालन गर्ने र प्रारम्भिक कमिटी गठन गर्ने गरेको स्रोतले बताए।

विप्लवको विद्यार्थी संगठनले बोडे मावि, सानोठिमी क्याम्पस, आदर्श माविलगायतका विद्यालयमा संगठन विस्तार गरिसकेको छ। उनीहरूले विद्यालयको कक्षा ११ र १२ बढ्ने विद्यार्थीहरूलाई प्रशिक्षण दिनुका साथै संगठन विस्तारको लागि कमिटी गठन गरेको हो।‘सरकारी विद्यालय र कलेजलाई लक्ष्य राखेर संगठन विस्तारको काम भइरहेको छ,’ स्रोतले भन्यो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu