ओलीले पार्टी र सरकार मनपरी ढंगले चलाए : झलनाथ खनाल
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाउनुभएको छ।
आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाउनुभयो ।
विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उहाँले बताउनुभयो ।
ओलीले मन्त्रिपरिषदसमेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको उहाँले बताउनुभयो । खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाउनुभयो ।उहाँले संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुकमा अस्थिरता बढेको बताउनुभयो ।