Connect with us
Kapilvast Forest

धनकुटाको बहुमुखी पाठशालामा आगलागी‚ ३५ लाख बराबरको क्षति

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

 

धनकुटा – धनकुटा नगरपालिका(७ मदनचोकमा रहेको हाम्रो बहुमुखी पाठशालाको भवनमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ। आइतबार राति साढे २ बजेतिर आगोलागी हुँदा पाठशालामा रहेका सबै सामान जलेको प्रहरीले जनाएको छ।

आगलागीबाट पाठशालाको भवनमा रहेका टपरी बनाउने मेसिन, विद्युतबाट कुखुराको चल्ला निकाल्ने मेसिन, साउण्ड सिस्टम र जातीय भेषभूषा, जातीय गरगहनालगायतका सामानको छ।

आगलागी भएको दुई घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले बताउनुभयो ।

मदन चोकमै रहेको नर्वदेश्वर मन्दिरको जग्गामा तीन वर्षदेखि जस्तापाताको बेरा लगाएर बनाएको एक तले भवनमा पाठशालाले नृत्य, संगीत, चित्रकलालगायतका सीपमुलक तालिम दिँदै आएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu