Connect with us
Kapilvast Forest

सामुदायिक वनका ५६ उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीस्थित प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले ४८ उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरेको छ।

काठ बिक्रीबाट आएको दुई लाख ८० हजार रुपैयाँले उपभोक्तालाई ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको समूहका अध्यक्ष अमरबहादुर साउदले बताए। वनमाथिको निर्भरता कम गर्न उक्त काम गरिएको साउदको भनाइ छ।

‘सोही रकमबाट आठजना उपभोक्तालाई गोबर ग्यास प्लान्टमा अनुदान रकम उपलब्ध गराएका छौं,’ उनले भने, ‘सामुदायिक वनका उपभोक्ता दाउरामा निर्भर थिए। ग्याँस सिलिण्डर, चुलो र गोबर ग्यास प्लान्टमा अनुदान दिन थालेपछि वन जोगाउने कार्यमा टेवा पुगेको छ।’

सामुदायिक वनमा आवद्ध उपभोक्ताहरुले बैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिन थालेपछि विगतको जस्तो वन विनास हुने क्रम नभएको उनको अध्यक्ष साउद बताउँछन्।

समूहले आगामी आर्थिक वर्ष ६५ उपभोक्तालाई बैकल्पिक ऊर्जाका लागि अनुदान रकम उपलब्ध गराउने योजना बनाएको छ। समूहले ग्याँस सिलिण्डर र चुलो खरिदका लागि पाँच हजार रुपैयाँका दरले रकम उपलब्ध गराउँदै आएको छ। अनुदान रकम आर्थिक रुपमा विपन्न, दलित, एकल महिला र अपांगता भएकालाई प्राथमिकतमा राखिने समूहले बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu