Connect with us
Kapilvast Forest

ट्राफिकले कारवाही गरेपछि चालकले गोंगबुको सडकमै तेर्साए बस

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-गोंगबुस्थित बसपार्कअगाडि रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर कारवाही गरेपछि चालकले विरोध गरेका छन ।

आफ्नो गल्तीविना नै जरिवाना लिन खोजेको चालकको दाबी थियो। त्यसपछि अरू बसका चालकहरूले पनि बस सडकमा तेर्साएर अवरोध गरेका हुन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यात्रुसँग बढी भाडा लिएको गुनासोपछि बसका चालकलाई पहिचान गरेर जरिवाना लिन खोज्दा अवरोध भएको हो।

 

उनीहरूले सडकमै बस तेर्साएर राखेपछि सोमबार बिहान १० बजेपछि करिब १५ मिनेट गोंगबुस्थित सडक अवरूद्ध भयो।त्यसबेला रिङरोड भएर गुड्ने सवारी साधन चल्न सकेका थिएनन्। सडक अवरोध खुलाउन प्रहरी परिचालन गर्नु परेको थियो।

एसपी अधिकारीका अनुसार अहिले अवरोध हटिसकेको छ।ट्राफिक प्रहरीले नियमानुसार कारवाही गर्न खोजेपछि चालकले अवरोध गरेका रहेछन्। अहिले अवरोध खुलिसक्यो,’ उहाँले भन्नुभयो ।

ट्राफिक प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बसका चालकले सामान ल्याएवापत पाँच सय रूपैयाँ लिएको गुनासो आएको थियो।नेपालगञ्ज(काठमाडौं रूटको ना ५ ख २२८६ नम्बरको बसमा एक व्यक्तिले सामान पठाएका थिए। गत चैत २ मा सामान पठाउँदा उक्त बसका चालकले बढी पैसा लिएको गुनासो थियो।

‘बसका चालकलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना लाग्ने यातायातको दफाअनुसार कारवाही गरिएको हो , ‘त्यसपछि उनीहरूले चाररपाँचवटा गाडी सडकमा तेर्साएर राखेका हुन्।’

सामान ल्याएवापत बढी पैसा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले उक्त बस र चालकलाई खोजिरहेको थियो।‘नेपालगञ्जबाट आज यो बस काठमाडौं आयो। किन बढी भाडा लिएको भन्दा आफूखुसी लिन नपाउने भनेपछि हामीले कारवाही गर्न खोज्दा उनीहरूले सडकमा गाडी तेर्साएका हुन्,’ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu