Connect with us
Kapilvast Forest

शिक्षकलाई मासिक तलब भुक्तानी निर्देशनमै सीमित

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ- सरकारी अनुदान पाउने सामुदायिक विद्यालयका शिक्षकहरू हरेक महिना तलब पाउँदैनन् । उनीहरूले तीन वा चार महिनाको तलब एकमुष्ठ पाउँछन् । अर्को पटक तलब पाउन फेरि त्यति नै समय कुर्नुपर्छ ।

श्रम ऐन २०७४ को दफा ३५ को उपदफा ९२० मा ‘पारिश्रमिक भुक्तानी गर्ने समयबीचको अन्तर एक महीनाभन्दा बढी हुने छैन’ भनिएको छ ।

सामुदायिक विद्यालयका शिक्षकहरूले भने चौमासिकरूपमा तलब पाउँछ । माध्यमिक शिक्षा स्तानीय तह मातहत गएपछि केही स्थानीय तहले त्रैमासिक वा द्वैमासिक बनाएका छन् ।

शिक्षा मन्त्रालयले २०७३ पुसमा सामुदायिक विद्यालयका शिक्षकलाई मासिकरूपमा तलब भुक्तानी गर्ने सचिवस्तरीय निर्णय गरेको थियो तर आजसम्म कार्यान्वयन भएको छैन ।

उक्त निर्णयअनुसार साविकका जिल्ला शिक्षा कार्यालयहरूलाई आर्थिक वर्षको शुरूमा साउन महिनामै विद्यालयबाट माग फारम संकलन गरी साउन अन्त्यसम्ममा प्रथम चौमासिक तलब निकासा गर्न र सोही बमोजिम अग्रिम निकासा गर्न निर्देशन भएको थियो ।

दोस्रो र तेस्रो चौमासिक अवधि नलाग्दै माग फारम प्राप्त गरी चौमासिक अवधिको शुरूमै तलब निकासाको व्यवस्था मिलाउन र निकासा प्राप्त गरेको रकमबाट विद्यालयले शिक्षकलाई मासिकरूपमा तलब भुक्तानीको व्यवस्था गर्न भनिएको थियो ।
हाल स्थानीय तहले विद्यालयमा तलब निकासा पठाउँछन् तैपनि मासिक भुक्तानी हुन सकेको छैन ।

काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक नारायणप्रसाद गौतमले स्थानीय तहले अझै पनि चौमासिकको अन्त्यतिर माग फारम माग्ने गरेको र सोही बमोजिम निकासा दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो , ‘सरकारले शिक्षकलाई मासिकरू तलब खुवाउनु भनेको छ तर स्थानीय तहहरू कार्यान्वयन गर्ने पक्षमा देखिँदैनन् ।’

बुढानीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक श्याम श्रेष्ठ मासिकरूपमा तलब भुक्तानी नपाएको बताउँछन् । उहाँ भन्नुहुन्छ, ‘निजामती कर्मचारीहरूले महिना नपुग्दै पारिश्रमिक पाउँछन् तर शिक्षकले चार महिना कुर्नुपर्छ ।’

नेपाल शिक्षक महासंघले यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बारम्बार ध्यानाकर्षण गराए पनि सुधार हुन नसकेको महासंघका अध्यक्ष बाबुराम थापाको भनाइ छ ।आगामी १३ गते शिक्षकको तलबसुविधा लगायत अन्य विभिन्न विषय समेटेर शिक्षा मन्त्रालयको ध्यानार्कषण गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

 

काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयका शिक्षकलाई अहिले पनि चौमासिक तलब दिइरहेको छ । महानगरको शिक्षा शाखा अधिकृत मोतिप्रसाद भट्टराईले आगामी आर्थिक वर्षदेखि शिक्षकलाई मासिकरूपमा तलब दिने तयारी भइरहेको बताउनुभयो ।

कोभिड १९ र अन्य प्राविधिक समस्याले शिक्षकलाई मासिकरुपमा तलब भुक्तानी दिन नसकेको उहाँको भनाइ छ । बुढानीलकण्ठ नगरपालिकका शिक्षा शाखा प्रमुख इन्द्रप्रसाद दाहाल चालु आर्थिक वर्षबाट शिक्षकहरूलाई मासिकरूपमा तलब दिएको बताउनुभयो ।

नगरपालिकाको सफ्टवेयरमा समस्या आएका कारण गत माघको तलब समयमै भुक्तानी गर्न नसकिएको दाहालले बताउनुभयो ।
बुढानीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक कार्कीले भने शिक्षकलाई नगरपालिकाले मासिकरूपमा तलब भुक्तानी गर्ने व्यवस्था गर्न नसकेको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu