Connect with us
Kapilvast Forest

६० कृषकलाई बेमौसमी तरकारी खेती तालिम र मिनी किट

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु –कपिललवस्तु नगरपालिका वडा नम्बर २ स्थित बर्गदवामा पिछडाबर्गकालागि बेमौसमी तरकारी खेती खेती तालिम संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा आशा जिवनको आयोजनामा तालिक गरिएको हो । सो अवसरमा ६० जना सहभागीलाई बिभिन्न ५ प्रकारका तरकारीको बीउ वडा नम्बर २ का अध्यक्ष रामभजन कलवारले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वडा अध्यक्ष कलवारले कृषि खेतीलाई बढावा दिनु पर्ने बताए । तरकारी खेतीलाई ब्यवसायिकरुपमा अघिबढाउनु पर्ने उहाँले बताउनु भयो । कृषि क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले बताए । तालिममा प्रशिक्षक चत्द्रमणि यादवले बेसौसमी तरकारी खेतीका बारे जानकारी गराएका थिए । तालिम पछि भिन्डी, बोडी लौका, करेला लगायतका तरकारीको मिनी किट उपलब्ध गराइएको थियो । तालिम आशा जिवनका अध्यक्ष अशोक लम्सालको अध्यक्षता र हरि अर्यालको संचालनमा भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu