ब्यवसाियक साक्षरता कक्षा लिएका ५५ जनालाई पोष्ण सम्बन्धी तालिम
कपिलवस्तु-किशान परियोजनाद्धारा संचालित १० महिने ब्यवसाियक साक्षरतामा सहभागी भएकाहरुलाई कपिलवस्तु नगरपालिका वडा नम्बर ५ दलदलाहामा पोषण संबन्धी तालिम संपन्न गरिएको छ । साक्ष्रता कक्षामा सहभागी भएकाहरुलाई प्रमाण पत्र सहीत पोषण तालिम दिइएका हो । वडा कार्यालयको सहयोगमा गरिएको कार्यक्रममा ५५ जनालाई प्रमामण पत्र बितरण गरिएको थियो ।
साक्षरता कक्षा पहिलोमा साक्षरता र हिसाब, दोश्रो जीवन उपयोगी सिप र पोषण, उद्यमशीलता सिप र बित्तीय पहुच संबन्धी कक्षा संचालन गरिएको थियो । सहभागीहरुलाई सुनौलो हजार दिन र पोषण बारे जानकारी गराइएको थियो ।
सुआहारा कार्यक्रम अन्र्गत सहभागीहरुलाई पोषिलो खाना, आहाराबिहार लगायतका बिषयमा छलफल गरिएको थियो । सहभागीलाई सामुदायिक प्रशिक्षक टंक प्रसाद चौधरी र प्रतिमा श्रीवस्तवले १० महिना सम्म कक्षा चलाएरका थिए । पोषण सम्बन्धी श्रवण कुमार पाण्डेयले जानकारी गराएका थिए । कार्यक्रम आशा जिनका अध्यक्ष अशोक लम्सालको अध्यक्षतामा भएको थियो ।