Connect with us
Kapilvast Forest

मुस्लिम समुदायका अगुवाहरु द्वारा चाड पर्व बिदा कटौति गर्ने सरकारको कदमको बिरोध

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफीको अध्यक्षता बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय का चाड पर्वमा विदा कटौती गरिएकोप्रति बिरोध जनाएको छ। नेपाल सरकारले हाल मै राजपत्रमा गृहमंत्रालयको सूचनानुसार विक्रम संम्बत २०७८ बैशाख १गते देखि चैत्र मसान्तसम्म देशभरीका विदाको सूचना प्रति घोर विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुायको चाड पर्वहरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदायका चाड पर्व हरुमा सार्वजनिक विदा कटौति गर्ने नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायप्रति सौतेला व्यवहार गरेको भनेर बिरोध जनाएको हो ।

संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हो । नेपालमा मुस्लिमको राष्ट्रिय रूपमा एउटा पृथक पहिचान कायम भएको लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले उल्लेख गदै भनेकि दशैं, दीपावली जस्तै ईद (ईदुल फित्र, ईदुल अज्हा र मोहम्मद डे स.अ) नेपालकै लाखौं मुस्लिम समुदायले मनाउने चाड हुन् ।

ईद, बक्रईदहरू नेपालको राष्ट्रिय चाड किन नहुने भन्ने गुनासो पोख्दै सरकारले पटक पटक विदा दिने बिषयमा भेदभाव गरि रहेको छ हामी अल्पसंख्यक समुदायको हक अधिकार खोसी रहेको छ सरकारले गरेको गलतीको विरोध गर्दछु ।२०७८ सालकों लागि सरकारले प्रकाशित गरेको विदा सुचीमा बहुसंख्यक समुदायको चाडपर्वमा थप विदा दिएको छ जुनकि थपेको विदाहरु कहिले पनि थिएन सरकारले अल्पसंख्यक समुदाय लाई वेवास्ता गरि अगाडी बढ्न सक्दैन भन्दै मुस्लिम समुदायका अगुवाहरुले एक संयुक्त प्रेस व्यक्तब्य समेत जारी गरेका छन।

प्रेस बक्तब्यमा नेपाल सरकार द्वारा प्रकाशित राजपत्रमा गृह मन्त्रालयको सुचना अनुसार विक्रम सम्वत् २०७८ बैशाख १गतेदेखि चैत्र मसान्तसम्म देशभरिका बिदाको सूचनामा इस्लाम धर्मावलम्बीहरूको बिदालाई सार्वजनिक बिदामा समावेश नगरी सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र विशेषका लागि मात्र सार्वजनिक बिदा खण्ड ७० संख्या ४७ राजपत्र भाग ५ मा प्रकाशित भए अनुसार इस्लाम धर्म मान्ने मुस्लिम समुदायका अगुवाहरुद्वारा दुख व्यक्त गर्दै यसलाई तत्काल सच्याई सार्वजनिक विदामा समावेश गर्न माग गरिएको छ।

इस्लाम धर्मावलम्बीहरूको ३ वटा विदा क) ईद (इदुल फित्र), ख) बकर ईद(इदुल अजहा), ग) मोहम्मद डे(स.अ.) का दिन समेत सार्वजनिक विदा दिन सरकारसँग जोड्दार माग गर्दछौं भन्ने कुरा उल्लेख गरेका छन। उक्त बैठकमा जावेद आलम-अध्यक्ष:-कृष्णनगर नगर समिती नेकपा अकरम पठान-लुम्बिनी प्रदेश प्रवक्ता:-जनता समाजवादी पार्टी अब्दुल मोबिन खां- वडाध्यक्ष:-कृष्णनगर नपा १० नसरुल्लाह खां-अध्यक्ष:-अहले सुन्नत नाईमिया नेपाल इकरार अहमद खां-राष्ट्रीय सचिव:-इण्डो नेपाल समाजिक मंच,शैख जैस मक्की-उपाध्यक्ष:-राष्ट्रीय मदरसा संघ,अकिल अहमद- इन्चार्ज नमस्ते राप्ति प्रा.लि.,इन्तेखाब अहमद ख़ां केन्द्रीय सदस्य मुस्लिम मुक्ती मोर्चा,अब्दुल नुर सदस्य तौहिद सेन्टर नेपाल नुर मोहम्मद सचिव अहले सुन्नत नइमिया नेपाल,जुम्मन खां युवानेता,जुनेद असरफ,मोहम्मद मुस्लिम अध्यक्ष अल हुदा पब्लिक स्कुल अनिसुरहमान,शमशाद हुसेन खां,मौलाना जहीर अहमद बरेलवी राष्ट्रीय मदरसा संघ नेपाल,सफर अली मियां समाजसेवी,लगायतहरुको उपस्थिति थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu