Connect with us
Kapilvast Forest

बुटवलमा २० रुपैयाँको नुन २५ मा बेच्ने पसललाई कारबाही

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

बुटवल – एक किलो नुनको अंकित मूल्य हो–२० रुपैयाँ। तर बजारमा २५ रुपैयाँसम्ममा बिक्री भइरहेको उजुरी हेलो सरकारमा पर्‍यो। उजुरीपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिकाले बुटवलका केही पसलहरु अनुगमन गर्नु भयो ।

अनुगमनका क्रममा नुनमा बिक्रीमूल्यभन्दा धेरै लिएको, म्याद नाघेका, लेबल नभएका र एउटा सामान अर्कै उत्पादकको प्याकेटमा राखेर बिक्री गरेको पाएपछि ३ वटा पसललाई कारबाही गरेको वाणिज्य कार्यालयका निरीक्षण अधिकृत टेकराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुडविल मार्ट बुटवल ५ विकास पथ, केशरी किराना राममन्दिर लाईन, न्यू कृष्ण किराना हाटबजार लाईनलाई कारबाहीस्वरुप जरिवना तिराउँदै आगामाी दिनमा गैरकानुनी काम नगर्न सचेत गराइएको छ।

केशरी किरानालाई ७ वर्षसम्म पसल नवीकरण नगरेको, लेबल नभएका सामान बिक्री गरेको र बिक्रीमूल्यभन्दा धेरै मूल्य लिएको भन्दै २० हजार रुपैयाँ, गुडविल मार्ट र कृष्ण किरानालाई ५–५ हजार रुपैयाँ जरिवाना तिराइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत झविलाल भट्टराईले जानकारी दिनुभयो ।

व्यवसायीले मनपरी मूल्य लिने, म्याद नाघेका र गुणस्तरहीन सामग्री बिक्री गर्ने गरेको उजुरी आएकोले अनुगमनलाई निरन्तरता दिने बुटवल उपमहानगरपालिकाका अधिकृत टोपलाल शर्माले बताउनु भयो । उहाँले बढी मूल्य लिने, म्याद नाघेका सामान बिक्री गर्ने र मनपरी गर्ने गरेको पाएमा उजुरी गर्न आह्वान गर्नुु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu