Connect with us
Kapilvast Forest

धान बोकेको भारतीय ट्रकमा १ करोड ५ लाखको अवैध कपडा

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

पर्सा-‘यल्लो समूह’मा भन्सार पास गराई वीरगन्जको आइसिपीबाट धान लोड गरी छुटेको भनिएको भारतीय नम्बरको ट्रकमा एक करोड ५ लाखको अवैध कपडा फेला परेको छ।

मंगलबार सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले नियन्त्रणमा लिएको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकमा यत्रो परिणामको अवैध कपडा फेला परेको हो।

नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी)बाट सो ट्रक ‘यल्लो समूह’ मा भन्सार पास गराई बाहिरिएको खुलेको छ। मंगलबार नै सशस्त्र प्रहरीले राजस्‍व अनुसन्धानमा बुझाएको सो ट्रक बुधबार चेकजाँच गर्दा उक्त परिणाम फेला परेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्काले बताए।

अवैध रूपमा फेला परेका कपडाहरुमा सटिङ सुटिङ, कुर्ता सुरुवाललगायतका कपडा छन् उनले भने।

आइसिपीबाट छुटेको सो ट्रक तिरुपती खाद्य तथा भुषा सप्लायर्सको नामले छुटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। धान चाहिँ जम्मा ३ लाखको मात्र रहेछ। ट्रक ३० लाख, कपडा १ करोड ५ लाख गरी कुल १ करोड ३८ लाखको प्रतिवेदन तयार भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको छ।

कोरोनाको कहर केही कम हुनासाथ नेपाली आयातकर्ताले बढी मालवस्तु आयात गर्न थालेका छन्। बढी मालवस्तु भन्सारबाट भित्रिदा लक्षित राजस्व पनि पूरा हुँदै जान थालेको छ। लक्ष्य पूरा भएको उन्मादमा भन्सारका केही कर्मचारीले आफू अनुकूलको पनि राजस्‍व संकलन गर्न खोज्दा उचित चेकजाँच नपुगेको भन्सारमा कार्यरत निजी कम्पनीका केही कर्मचारीले आरोप लगाए।

यसै क्रममा उक्त ट्रकमा पनि वीरगन्ज भन्सार कार्यालयको चेकजाँच नपुगेको उनको दाबी छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu