Connect with us
Kapilvast Forest

पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

२०७७, ११ चैत्र बुधबारमा प्रकाशित

corona

काठमाडौं-पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ६३ जनामा भएको आरटी पीसीआर परीक्षणमा १४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हिजो ४ हजार ३२ जनामा भएको परीक्षणमा १८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरेना भाइरस सङक्रमणबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५३ जना र कास्कीमा २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैबीच, गृह मन्त्रालयले देशभरिका क्वारेन्टाइन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण सङ्कलन गर्न थालेको छ ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला फेरि क्वारेन्टाइन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयले जनाएको छ । केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu