भारतको जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसादलाइ दिइयो नेपाली नागरिकता
काठमाडौं – भारतको जेलमा ४० वर्ष बिताएर फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाउनुभउको छ ।
भतिज गोपाल तिम्सिना र भिनाजुसहित जिल्ला प्रशासन कार्यालय इलाम पुगेका उहाँलाई सहायक प्रमुख जिल्ला अधिकारी देवीचरण फुयाँल र प्रशासकीय अधिकृत र धरेन्द्र चापागाईँले नागरिकता प्रमाणपत्र उपलब्ध गराउनुभएको छ ।
बिनाकसुर ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएका उनको स्वास्थ्यमा समस्या देखिएकोले प्रदेश सरकारले निस्शुल्क उपचार गर्ने भएको छ।