Connect with us
Kapilvast Forest

सर्लाहीमा टाउको छिनाएको अवस्थामा युवकको शव फेला

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

death

सर्लाही – जिल्ला सदरमुकाम मलंगवामा टाउको छिनालिएको अवस्थामा एक युवकको शव फेला परेको छ।मलंगवा नगरपालिका–१० निवासी नागेन्द्र रायका छोरा ३० वर्षीय सुशील रायको शरीरबाट टाउको छिनालेको अवस्थामा आज (बिहीबार) बिहान शव फेला परेको हो। मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीनजिकैको खेतमा रायको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। (हिजो) बुधबार रातिबाटै सम्पर्कविहीन भएका सुशीलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल पुगेको प्रहरीले बरामद शवभन्दा ६१ मिटर पूर्व टाउको समेत बरामद गरेको छ। धारिलो हतियारले घाँटीमा प्रहार गरी सुशीलको टाउको छिनालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (प्रनाउ) मदन कुँवरले जानकारी दिनुभयो । हत्यामा संलग्नहरुको पहिचाननजिक पुगिसकिएको समेत प्रहरीले दाबी गरेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu