Connect with us
Kapilvast Forest

गुल्मीको मुसिकोटमा ७ घर जले नष्ट

२०७७, १२ चैत्र बिहीबारमा प्रकाशित

aago_pathibhara.jpg

 

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५ स्थित साविक आँपचौर गाविसको खर्बाङ गाउँमा गएराति आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएका छन् । बसाइँसराइँको क्रम बढेपछि अहिले गाउँ रित्तोप्रायः बनेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेका अनुसार जलेर नष्ट भएको सात वटै घर गोठमा मानिसहरु बस्दैनन् । बसाइँसराइँ गरेर छाडेको अनमबहादुर सार्कीको घर जलेर नष्ट भएको छ । त्यस्तै बलबहादुर बिक, बेदबहादुर सार्की, देवाने परियार, केशर भट्टराई र पदमपाणि परियारलगायतको घर गोठ जलेर नष्ट भएको हो ।

मुसीकोट नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष भारिथ खरेलका अनुसार २०५४ सालको निर्वाचनताका त्यस खर्बाङ गाउँमा २ सय २६ घरधुरी बसोबास गर्दथे । त्यसयता निरन्तर बसाइँसराइँ बढ्दै जाँदा हाल १८ घरधुरी मात्र बाँकी रहेको छ । १८ घरधुरी मध्ये अधिकांस राम्चे गाउँबाट आएर बसेकाहरु भएको उहाँले बताउनुभयो ।

वडाध्यक्ष खरेलका अनुसार खेतीपातीका लागि उर्वर भूमि त्यस गाउँमा विद्यालय र मोटर बाटो सुविधाको अभावमा बसाइँसराइँ बढेको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu