Connect with us
Kapilvast Forest

आज नेकपा एमालेको संस्दीय दलको बैठक बस्दै

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठक आजका लागि बोलाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बालुवाटारमा दिउँसो ३ बजे बैठक तय भएको संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिनुभयो ।

दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूलाई समेत जानकारी गराएको उहाँको भनाइ छ । नेता नेपाल–झलनाथ खनाल पक्षले गत चैत ७ गतेको बैठकमा भाग लिएको थिएन ।

बैठकमा नियमित अनुपस्थित रहेमा विधानअनुसार कारवाही हुने चेतावनी दिँदै पार्टी हित विपरीत गुटगत भेला गरेकाले चारजना नेतालाई यसअघि लिखित स्पष्टीकरण पनि सोधिएको थियो । चारैजना नेताले भने छुट्टाछुट्टै जवाफ दिने र आफूहरूको तर्फबाट पनि केही प्रश्न सोधेर पत्र पठाइने बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu