गाँउपालिकाको अमानत कै खोलामा जेसीवी, सम्बन्धित निकाय मौन
सनिउल्ला धोबी, कपिलवस्तु –
कपिलवस्तुको विजयनगर गाँँउपालिकाको मिलेमतोमा नदीजन्य पदार्थ निकासीमा स्काभेटर, जेसीवी प्रयोग गरेको पाइएको छ । गाँउपालिका क्षेत्र भित्र रहेका खोलामा दिनदाहडै पालिका र ठेकेदार पक्षले स्काभेटरले खोला नदी दोहन गरीदा गाँउपालिका मौन बसेको छ ।
नदीजन्य पदार्थ निकासी गर्दा स्काभेटर, जेसीबी प्रयोग गर्न नपाइने नियम भएपनि गाँँउपालिका अध्यक्ष गोपाल थापाकै मिलेमतो मै खोलामा स्काभेटर प्रयोग गरिएको स्थानियले आरोप लगाएका छन । प्रहरी कार्यालय आगाडीबाट स्काभेटर आउदा जादा कुन प्रायोजनको लागि लगेको हो भन्ने समेत नसोधीदा प्रहरी समेत मिलेको अंशाका स्थानियको छ । खोलानालको रेखदेख तथा अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले समेत खोलामा दोहन हुदा मौन बसेको छ ।

गाँउपालिकाले विस्वा खोला अमानतमा ठेक्का लिइ स्काभेटर, जेसिबि प्रयोग गरेको पाइएको छ । खोला अमानतमा लिई आफनो कार्यकर्ता पालेको स्थानियले जसपा विजयनगरका नेता राम निवास पुरीले आरोप लगाउनु भयो । जनगुनासो बढदै गएपछि जसपाका नेताहरुले उक्त खोलामा अनुगमन गर्न जदाँ स्काभेटरले खोला दोहन गरीरहेको जसपा नेता पुरीले बताउनु भयो ।
स्थानियले स्काभेटर बारे पटक पटक गाँँउपालिकालाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको स्थानिय युवाले बताएका छन । विजयनगर क्षेत्रका विस्वा खोला, गंगटे खोला, जवाबैराठ खोलामा स्काभेटर प्रयोग गरिएको स्थानिय मोहम्म्द खानले जानकारी दिनुभयो । अधिकांस खोलामा जेसीवी स्काभेटर प्रयोग गरीदा प्रहरी प्रशासन मौन बस्दा मिलेमतो रहेको आशंका गर्न सकिने खानले बताउनु भयो ।

यता विजयनगर गाँँउपालिकाका अध्यक्ष गोपाल थापाले खोला दोहनमा आफ्नो कुनै मिलेमतो नभएको बताउनु भएको छ । जनगुनासो आएपछी खोलामा अनुगमन गरी जेसीबी, स्काभेटर प्रयोग नगर्न अनुरोध गरेको बताउनु भयो । उहाले भन्नुभयो“खोलामा मेरो कुनै संलग्नता भएको पाइए कानुन बमोजिम कार्वाही भोग्न तयार छु, म माथि लगाइएको आरोप झुठो हो । ।” हामीले पटक पटक डम्पीङ्ग नगर्न र मेशनरी औजार प्रयोग नगर्न भनेका छौ तर ठेकेदार पक्षले लुकीछिपी चोरी निकासी बढाएको जनगुनासो आएको र यस सम्बन्धमा जिल्ला समन्वयमा समेत जानकारी गराएको अध्यक्ष थापाले बताउनु भयो । गाउँपालिकाले डम्पीङ्ग नगर्न भनेको भए पनि जिल्ला समन्वयले डम्पीङ्गलाई नापजाँच गरि निकासी दिएकोले डम्पीङ्ग भइरहेको थापाले बताउनु भयो ।

त्यस्तै इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तुका प्रहरी निरिक्षक रण बहादुर विष्टले खोला दोहनमा प्रहरीको कुनै संलग्नता नभएको बताउनु भयो । खोलामा अनुगमन गर्न जादा त्यहाँ कुनै जेसीवी स्काभेटर नभेटीएको बताउनु भयो । प्रहरीले सदैव शान्ती अमन चयन कायम गर्न काम गरीरहेको बताउनु भयो ।
यसैविच जिल्ला समन्वय समितिका निमित्त कार्यालय प्रमुख भुमीराम पोखरेलले खोलामा अनुगमन गरीने बताउनु भयो । खोलामा जेसीवी, स्काभेटर प्रयोग गरी डम्पीङ गरेको खबर आएको जानकारी दिनुभयो । यस विषयमा थप बुझने काम भैरहेको पोखरेलले बताउनुभयो ।
नदिजन्य पदार्थ निकासीमा अनियमिता बढेको व्यापक जनगुनासो बढेको भए पनि गाउँपालिकामा नै भएको स्थानिय संचार माध्यमले विषयवस्तु उठान नगरेको स्थानियले आरोप लगाएका छन ।
