अध्यक्ष बिसीको पहलमा करीब १ अर्ब ९ करोडको डिपिआर मन्त्रालयमा पेश
कपिलवस्तु-अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दुर्गा बहादुर बिसीको अगुवाइमा भेडामारे–सिमलपानी–पावर बिक्रम–जितपुर सडक खण्डको डिपिआर मन्त्रालयमा पेश भएको छ ।
अध्यक्ष वि सी को पहलमा करीब १ अर्ब ९ करोड बराबरको डिपिआर लुम्बिनी प्रदेश मन्त्रालयमा पेश गरिएको हो । हाल सम्म स्तर उन्नती हुन नसेको २४ कि मि उक्त सडकको स्तर उन्नतीको लागि बजेट ब्यवस्था सहित निर्माण प्रकृया अगाडि बढाउन डिपिआर सहितको सिफारीस पत्र लुम्बिनी प्रदेश मन्त्रालयमा पेश गरेको हो ।
सडक डिभिजन कार्यलय शिवपुर बाट डिपिआर तयार गरि सडक बिभागमा पठाईएको र छिटो भन्दा छिटो बजेट बिनियोजन भई काम थालनी हुनेमा आफू बिस्वस्त रहेको बिसीले अध्यक्ष बिसीले बताउनुभयो ।अध्यक्ष बिसीले आफू सिमलपानीको बिकाशका निम्ति अनवरत रुपमा खटेर काम गरेको बताउनुभयो ।
साथै उहाँले बिकासका पुर्वाधार मध्ये बाटोको भुमिका प्रमुख रहने भएकाले आफू त्यस्को बिकासका निम्ति लागिपरेको र डिपिआर पेश गरेर निर्माण कार्यका लागी ढोका खुलेको बताउनुभयो ।
