Connect with us
Kapilvast Forest

मुख्यमन्त्री लालबाबु राउतका पिएसओ असई कापरको दुर्घटनामा मृत्यु

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं -प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका सुरक्षागार्ड (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) मनदजंग कापरको सडक दुर्घटनामा मृत्यु भएको छ।
धनुषामा मोटरसाइकल दुर्घटनामा राउतका पिएसओ कापरको मृत्यु भएको हो। जनकपुर बर्दिवास सडखण्डअन्तर्गत मिथिला नगरपालिका– १० स्थित लालगढमा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान करिब ३ बजे बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा असई कापर चढेको लु५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो। प्रहरीले ठक्कर दिने ट्रकलाई सुनसरीबाट नियन्त्रणमा लिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu