Connect with us
Kapilvast Forest

आठ महिनामा ८८१ वटा वस्तुको नमुना परीक्षण

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महिनाको अवधिमा ८८१ वटा वस्तुको नमुना परीक्षण गरेको छ। विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजारभन्दा बढी वस्तुको नमुना संकलन गरेको थियो।

विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो चौमासिकमा एक हजार ९५ गरी आठ महिनामा ‍दुई हजार २८४ वटा वस्तुको नमुना संकलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिनुभयो।

उनका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमुनाको विश्लेषण गरिएको थियो। ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य, १२४ तेल तथा घ्यूजन्य, ९८ वटा दाना, ९१ फल तथा सागपातजन्य, ६९ वटा मसला, ३१ वटा कन्फेक्सनरिका, २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमुना विश्लेषण गरिएको थियो। नमुना विश्लेषण गर्दा दोस्रो चौमासिकमा ५७ नमुना मापदण्डविपरीतका रहेका थिए।

विभिागको तथ्यांकअनुसार पहिलो चौमासिकमा ७० नमुना मापदण्डविपरीत रहेका थिए। आठमा १२७ वटा नमुना मापदण्ड विपरीतका छन्। सोमध्ये दानाका ३१ नमुना, प्रशोधित पिउने पानीका १८ नमुना, खाद्यान्नका २० नमुना, तेल तथा घ्यूजन्य १९ नमुनालगायतका अन्य खाद्य पदार्थका नमुना रहेका थिए।

७६ मुद्दा दर्ता विभागले चालु आर्थिक वर्षको आठमा खाद्य ऐन तथा नियमानुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गर्ने ७६ मुद्दा दर्ता गरेको छ। विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर पहिलो चौमासिकमा २६ र दोस्रो चौमासिकमा ५० थान मुद्दा दर्ता भएको महानिर्देशक रायले जानकारी दिनुभयो। उहाँका अनुसार सबैभन्दा धेरै मुद्दा प्रशोधित पिउने पानीमा रहेको छन्। आठ महसनाको अवधिमा पानीका ११, तयारी चाउचाउ सात, मसला छ, घ्यू पाँच, तेल, बेकरी, दाना, बिस्कुटलगायत उद्योगमा चार वटा मुद्दा दर्ता भएको छन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu