Connect with us
Kapilvast Forest

नारायणघाट–बुटवल सडक खण्डको काम समयमै सक्न निर्देशन

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

काठमाण्डौ -संसदीय समितिले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रवार बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम तोकिएको समयभित्रै सम्पन्न हुने गरी सुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

पूर्वतयारी विना काम अगाडि बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पूरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गर्न निर्देशन दिएको हो । समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरूको होर्डिङ बोर्डलगायतका प्रतिवेदन अङ्ग्रेजी भाषामा हुँदा आमनागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकका निर्णयहरू सुनाउँदै समिति सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, ‘पूर्व–पश्चिम राजमार्ग नेपालको लाइफलाइन भएको र यस राजमार्गबाट ठूलो मात्रामा यात्रु आवतजावत गर्ने भएको हुँदा यस खण्डअन्तर्गत पर्ने निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको काम पूर्वतयारी विना अगाडि बढाइएको तथा न्यून क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेकाले आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुले अनावश्यक सास्ती बेहोर्नु परिरहेकाले गुणस्तरीय रूपमा तोकिएको समयमा आयोजना सम्पन्न हुने गरी काम अगाडि बढाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।

नेपालमा सञ्चालन हुने गरेका कतिपय सडक आयोजना तथा अन्य भौतिक पूर्वाधारका आयोजनाहरूको होर्डिङ बोर्ड तथा त्यस्ता आयोजनाहरूको बारेमा लेखिएका प्रतिवेदनहरूमा अङ्ग्रेजी भाषा परेको पाइएको हुँदा आयोजनाका बारेमा लेखिएका कुराहरू आमनागरिकले स्पष्ट बुझ्ने गरी नेपाली भाषामा पनि लेख्ने व्यवस्था गर्नू÷गराउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भए पनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu