Connect with us
Kapilvast Forest

पत्रकार महासंघ निर्वाचन: जिल्ला निर्वाचन समिति कपिलवस्तुले काम अगाडि बढायो

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु-नेपाल पत्रकार महासंघको चैत्र २५ गते आसन्न निर्वाचनको लागि गठित जिल्ला निर्वाचन समिति कपिलवस्तुले आफनो काम थालनी गरेको छ । पत्रकार महासंघको तौलिहवा स्थित आफनै भवनमा समितिको वैठक बसेर निर्वाचनका सम्पूर्ण तयारीका कार्यहरु अघि बढाउने भएको छ । वैठकले चैत्र २५ गते सम्पन्न हुने नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको कार्यतालिका अनुसारका प्रकृया शुरु गरेको हो ।
महासंघको केन्द्रिय निर्वाचन समितिले जारी गरेको केन्द्रिय समिति निर्वाचन कार्यविधी, प्रदेश तथा जिल्ला शाखा, प्रतिष्ठानको निर्वाचन कार्यविधी वमोजिम जिल्ला निर्वाचन समिति कपिलवस्तुले आवश्यक प्रकृया अघि बढाएको निर्वाचन प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन प्रमुख पौडेलका अनुसार केन्द्रिय तालिका अनुसार शाखामा मतदाता नामावली प्रकाशन भइसकेको छ ।केन्द्रिय समितिले जारी गरेका तीनै तहका निर्वाचन कार्यविधी, निर्वाचन आचार संहिता, विधान लगाएतका आवश्यक कागजात विवरण उपलब्ध गराइएकोे शाखा अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचित प्रणाली अनुसार एकै दिन तीन तहको नेतृत्व चयन गर्दैछ ।

३ सदस्यीय जिल्ला निर्वाचन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण प्रसाद पौडेल, सदस्यहरुमा महासंघका पूर्व केन्द्रिय सदस्य निशा विश्वकर्मा तथा जिल्ला बार एशोसियन कपिलवस्तुका सचिव प्रभु प्रसाद मिश्र रहुनभएको छ ।
वैठकमा उपस्थित केन्द्रिय सदस्य वसन्त गिरीले महासंघलाई सर्वसम्मत बनाउने पहल गर्न निर्वाचन समिति तथा पूर्व अध्यक्षहरुलाई आग्रह गर्नुभएको छ । वैठकमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष मनोज पौडेल, शाखा सचिव हरि अधिकारीको उपस्थिती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu