Connect with us
Kapilvast Forest

चिनियाँ राष्ट्रपति सीद्वारा इजिप्टको रेल दुर्घटनाप्रतिदुःख व्यक्त

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी – चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टमा शुक्रबार रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ । राष्ट्रपति सीले इजिप्टका राष्ट्रपति अब्देल फताह अलसीसीलाई पठाएको शोक सन्देशमा भनिएको छ, ‘चीन सरकार र चिनियाँ जनताको तर्फबाट सो दुर्घटनामा परी मर्नेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका आफन्त र घाइतेहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

इजिप्टमा शुक्रबार भएको रेलमा कम्तीमा इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको थियो । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । सबै घाइते जनको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेश राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu