Connect with us
Kapilvast Forest

भारतमा संक्रमण वृद्धिमा यो वर्षको नयाँ रेकर्ड, एकैदिन ६२ हजार ६३१ संक्रमित

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६३१ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख २१ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ८७ हजार ८४० छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५८६ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप ३११ जनाको मृत्यु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu