पाल्पामा जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एकजनाको मृत्यु
पाल्पा-पाल्पामा जङ्गलमा लागेको आगो निभाउने क्रममा एकजनाको जलेर मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–४, झडेवास्थित खापुक फोक्स्याहानका ६५ वर्षीय मानबहादुर सिंजालीको आगो निभाउने क्रममा मृत्यु भएको हो ।
घर नजिकैको दाङ्सिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय पाल्पामा आगलागीका घटना बढिरहेको छन् ।