Connect with us
Kapilvast Forest

पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।हाल देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित फाट्टफुट्ट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो । भोलि र पर्सी पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखा जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu