Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओलीसँग सभामुख सापकोटाले गरे भेटवार्ता

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार दिउसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।

प्रतिनिधि सभा बैठकलाई प्रभावकारी ढंगले संचालन गर्ने विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ ।प्रतिनिधि सभाले बिजनेस नपाएको सन्दर्भमा सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटवार्ता गर्न चाहिरहेको बता उनु भएको छ ।

आइतवार प्रधानमन्त्री ओलीले सभामुखले भेटन चाहेमा भेट्ने बताउनु भएको हो ।प्रतिनिधि सभा विघटन भएपछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता भएको थिएन ।

पुस ५ गते तत्कालीन नेकपाको प्रचण्ड नेपाल पक्षका सांसदले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको विषयमा सभामुख सापकोटाको भूमिकालाई लिएर ओलीले असन्तुष्टि जनाउनु भएको थियो ।

यस्तै पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिएको भन्दै सभामुखको भूमिकाप्रति पनि ओलीले असन्तुष्टि जनाउनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu