Connect with us
Kapilvast Forest

मुख्यमन्त्री पद बच्ने निश्चित भएपछि बोलाइयो प्रदेशसभा बैठक

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद संकटमा नपर्ने निश्चित भएपछि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयले चैत्र २३ गते का लागि प्रदेशसभा बैठक बोलाएको हो ।

चैत्र १ गते सूचना प्रकाशित गरी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक डाकिएको हो । प्रदेशसभा सचिवालयले आइतबार सूचना निकाली २३ गते दिउँसो बजेका लागि बैठक बोलाएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यो पास हुने डरले बैठक रोकिँदै आएको थियो।

तत्कालीन नेकपा भित्रको प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । प्रदेशको संसदीय दलमा समेत अल्पमतमा परेका राईलाई अविश्वासको प्रस्ताव पास हुने चिन्ता थियो ।

फागुन २३ को सर्वाेच्च अदालतको निर्णयले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राईलाई सहज भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu