Connect with us
Kapilvast Forest

प्रेस चौतारी नेपाल रुपन्देहीको बैठक सम्पन्न

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

बुटवल- प्रेस चौतारी नेपाल रुपन्देहीको बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले नेपाल पत्रकार महासंघ रुपन्देहीको यहि चैत्र २५ गते हुने निर्वाचनमा प्रेस चौतारीको तर्फबाट उम्मेदवार चयन गर्ने तथा अन्य गठबन्धनका पत्रकार सम्बद्ध संघसंगठनसंग सहकार्य गर्नेगरी ३ सदस्यीय कमिटी गठन गरेको छ ।
बैठकले प्रेस चौतारी नेपालका केन्द्रिय पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बरिष्ठ पत्रकार अधिवक्ता डा.बालकृष्ण चापागाईको संयोजकत्वमा कमिटी गठन गरेको छ । डा.चापागाईको संयोजकत्वमा रहेको समितीमा प्रेस चौतारी नेपाल रुपन्देहीका संस्थापक सिद्धिचरण भट्टराई र प्रेस चौतारी नेपालका प्रदेश सचिव नरेश के.सी सदस्य रहेका छन् ।
उक्त समितीलाइ प्रेस चौतारी नेपालले आसन्न पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा चौतारीको तर्फबाट पठाउने उम्मेदवार चयन गर्ने र अन्य संगठनसंग आवश्यक छलफल तथा बैठक गर्नेगरी बैठकले अख्तियारी प्रदान गरेको प्रेस चौतारी नेपाल रुपन्देहीका सहसंयोजक शंकर प्रसाद पान्डेले बताए ।
यसैगरी चौतारीको बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्रदेखि नै भएको प्रतिगमन विरुद्धको पक्षधरको एकतालाई स्वागत गर्दै रुपन्देहीमा पनि प्रतिगमन विरुद्धको पक्षधरबीच निर्वाचनमा सहकार्य गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।
संगठनका जिल्ला संयोजक विनोद परियारको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लामा पत्रकार सम्बद्ध संघसंगठनको संख्यात्मक अवस्था र आगमी निर्वाचनको विषयमा रिर्पोटिङ तथा छलफल भएको थियो । बैठकमा बरिष्ठ पत्रकार डा. चापागाई, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य घनश्याम गौतम, नेकपा एमालेका जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य खेम लुइटेल, युवा संघ नेपालको केन्द्रिय उपमहासचिव सरिता श्रीस लगायतले आसन्न पत्रकार महासंघको निर्वाचनमा प्रतिगमन विरुद्धको मोर्चाबन्दीका साथ आफ्नो पक्षमा निर्वाचन परिणाम पार्नेगरी विभिन्न योजना बनाएर अगाडी बढ्ने निर्णय गरिएको थियो ।
उक्त बैठकले प्रतिगमन विरुद्ध लागेका पाटिहरुसंग सहकार्य र सम्बाद गर्दै ती दल निकटका पत्रकारहरुलाई प्रेस चौतारीसंग सहकार्यकोलागि नेकपा एमाले रुपन्देही अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष पुरुषोतम घिमिरे, जिल्ला सचिवालय सदस्य खेम लुइटेल र सरिता श्रीस रहेको पाटि परिचालन समिती समेत गठन गरेको प्रेस चौतारी नेपाल रुपन्देहीका संयोजक बिनोद परियारले बताए ।
प्रेस चौतरी नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ , क्रान्तिकारी पत्रकार संगठन नेपाल, देशभक्त पत्रकार संघ, मधेसी पत्रकार समाज लगायतका पत्रकार सम्बद्ध संगसंगठनले चुनाबी मोर्चा खडा गरेका छन् । सोहि अनुसार देशैभरको चुनाबी मोर्चा तयार हुने बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu