Connect with us
Kapilvast Forest

सामुदायिक रेडियो संचालनका लागि स्पष्ट नीति नहुदाँ समस्याः खराल

२०७७, १५ चैत्र आईतवारमा प्रकाशित

विक्रम विश्वकर्मा- तौलिहवाः सामुदायिक रेडियो संचालनका लागि सरकारले स्पष्ट नीति नहुदाँ समस्या भएको सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का लुम्बिनी प्रदेश अध्यक्ष राजु खरालले बताउनु भएको छ। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) लुम्बिनी प्रदेश समितिहरुमा निर्वाचित संचारकर्मीहरुका लागि तौलिहवामा आयोजित स्वागत तथा सम्मान एवं होली मिलन कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष खरालले यस्तो बताउनु भएको हो। उहाले नीति बने पछि सामुदायिक रेडियोको समस्या सम्बोधन हुदै जाने अध्यक्ष खराललेको भनाई छ। उहाले मिडियाका समस्या समाधानका लागि सबै मिडिया तथा मिडियाकर्मी एकजुट हुने बताउनु भएको छ।

त्यस्तै अकोराबका प्रदेश कोषाध्यक्ष माधव भाट क्षेत्रीले जिल्लाको यो सम्मानले आगामी दिनको लागि उर्जा प्रदान गरेको बताउनु भएको छ। प्रदेशमा रहेका सम्पूणर् मिडियाहरुसंग सहकार्य गर्दै जाने कोषाध्यक्ष क्षेत्रीले बताउनु भयो। यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले सामुदायिक प्रशारक रेडियो महासंघ लुम्बिनी प्रदेशमा निर्वाचित समिति बधाईसंगै सफल कार्यकालको शुभकामना दिनु भएको छ। सामुदायिक रेडियोहरुको गुणस्तर बृद्धि गर्न अकोराब प्रदेश समितिले भुमिका खेल्नु पर्ने गिरीको भनाई छ। साथै उहाले सबै मिडिया मिलेर अकोराबलाई सफल बनाउन पनि आह्वान गर्नु भयो।

त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले पत्रकारिताको क्षेत्रमा आगामी योजना बनाउदै कपिलवस्तु जिल्लालाई नमुना जिल्ला बनाउनु पर्ने बताउनु भएको छ। जिल्लाका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै खोज पत्रकारितामा लाग्न जोड दिनु भयो।

नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तु र महासंघ मिडिया सोसाइटीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष मनोज पौडेलको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीको प्रमुख आतिथ्यता रहको थियो। त्यस्तै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, मधेस मिडिया सोसाईटीका अध्यक्ष मनोज श्रीवास्तव, प्रेस चौतारी कपिलवस्तुका सचिव बाबुराम रायमाझी, प्रेस संगठनका केन्द्रिय सदस्य मनिष कार्की लगायतको विशिष्ट आतिथ्यिता रहेको कार्यक्रमको संचालन पत्रकार खग प्रसाद चापागाईले गर्नु भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu