Connect with us
Kapilvast Forest

त्रिदेशीय फुटबल उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ

२०७७, १६ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं- त्रिदेशीय ९थ्री नेसन्स० कप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ।​ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार सोमबार साँझ साढे पाँच बजे सुरु हुनेछ।

फाइनलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य उपाधि भएको बताए। नेपालले पछिल्ला सातवटा अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन्। जसका कारण फुटबल प्रेमीहरु सन्तुष्ट छैनन्। प्रशिक्षक महर्जनले सोमबारको खेलमा नेपालले गोल गर्ने र उपाधि पनि जित्ने दाबी गरेका छन्। लिग चरणको दुबै खेलमा गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको थियो। नेपालले चैत १२ गते किर्गिस्तानको यू–२३ टीम र चैत १४ गते बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

नेपालले विश्वकप छनोटको अन्तर्गत सन् २०१९ को सेप्टेम्बरमा दुई गोलको जित निकालेको थियो। त्यसयता नेपालले १४ गोल खाँदा एक गोलपनि फर्काउन सकेको छैन। बंगलादेशविरुद्धको सोमबार खेलमा केही खेलाडी परिवर्तन गर्ने योजनामा प्रशिक्षक महर्जन छन्। राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले पनि आफ्नो कप्तानीमा टिमलाई जित दिलाउनका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

बंगलादेशका कप्तान जेम्स डेले घरेलु टोलीविरुद्ध हुने फाइनल प्रतिस्पर्धात्मक हुने बताए। जुनमा हुने विश्वकप छनोट र सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा यो प्रतियोगिता खेलेको र फाइनलमा पुग्नु उपलब्धी भएको भन्दै उनले भने, ‘भोलिको फाइनल खेलमा दर्शकको साथ घरेलु टोलीका लागि एड्भान्टेज हुनेछ।’

किर्गिस्तानविरुद्ध आत्मघाती गोलमार्फत जित हात पारेको बंगलादेशका प्रशिक्षकले पनि उपाधि जित्ने योजना बनाएको सुनाए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu