विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित
एजेन्सी – फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । गयराति भएको खेलमा लाट्भियालाई २–० ले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
अर्को खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ ।पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । त्यस्तै बेल्जियम पनि बराबरीमा रोकिएको छ ।बेल्जियम चेक रिपब्लिकसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
टर्कीले भने लगातार दोस्रो जित निकालेको छ ।छनौट अन्तर्गत गयराति १० खेलाडीमा सिमित नर्वेलाई ३–० ले पराजित गर्दै टर्कीले दोस्रो जित निकालेको हो ।