फफुरी बोर्डिङले मनायो होली
शिव कुमार बेल्बासे-कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा रहेको फफुरी इङलिस बोर्डिङ स्कुलले रङ्गहरुको पर्व होलीको अवसरमा आइतबार होली खेलेर शुभकामना साटासाट गरेको छ ।
आइतबार पहाड होली परेको र आज (सोमबार) तराई होलीको सार्वजनिक विदा रहेको हुँदा आइतबार विद्यालयमा शिक्षक र विद्यार्थीले होली खेलेर शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखिएको थियो ।
विद्यार्थीलाई किताबी ज्ञानमा मात्र केन्द्रित नबनाई अतिरिक्त क्रियाकलापमा सरिक गराउँदा उनीहरूमा आत्मीयता बढ्दै जाने ,भाइचाराको बढ्दै ,धार्मिक सहिष्णुता कायम रहने र सिकाइमा प्रभावकारिता हुने भन्दै विद्यालयमा यस्ता कार्यक्रम गराउँदै आएको विद्यालय सञ्चालक फुर्कान अकवाल खानले बताउनुभयो ।
सोही अनुसार आज शिक्षक र विद्यार्थी मिलेर होली खेलेर एकअर्कामा शुभकामना आदानप्रदान गर्दै होली मनाएको विद्यालय सञ्चालक खानले बताउनुभयो ।