आज पहाडी भूभागमा वर्षा,देशभर सामान्य बदली
काठमाडौ – मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने रहेको जनाएको छ ।
प्रदेश- १, बागमती र गण्डकी प्रदेशलगायतका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जानकारी दिँदै महाशाखाले पश्चिमी पहाडी भू-भागमा बदली भइरहेको जनाएको छ ।
मंगलबार पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । त्यस्तै बुधबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।