Connect with us
Kapilvast Forest

बालुवा लोड भएको टिपर सडकबाट खस्दा एक जनाको मृत्यु, दुई घाइते

२०७७, १७ चैत्र मंगलवारमा प्रकाशित

death

 

ताप्लेजुङ-बालुवा लोड भएको टिपर अनियन्त्रित भएर सडकबाट खस्दा ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ।ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका-४ डुम्रिसेस्थित थुम्बेदिन(डुम्रिसे सडक खण्डमा सोम्थित थुम्बेदिन टिपर अनियन्त्रित भबार राति टिपर दुर्घटना भएको हो।

प्रहरीका अनुसार राति १० बजे प्रदेश ३-०१–०५ ख ९२७१ नम्बरको टिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो।

दुर्घटनामा सहचालक लमजुङ दोर्दी(६ किर्तीगाउँका १८ वर्षीय कृष्ण विकको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।

दुर्घटनामा चालक सिन्धुली कमलमाई(४ का २४ वर्षीय यामकुमार विक र ताप्लेजुङ पाथीभरा याङबरक(२ थेचम्बुका २० वर्षीय मन्दीप लिम्बु घाइते छन्।दुबैको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu