अमर्यादित होली खेल्ने ११ युवा पक्राउ
कपिलवस्तु-कपिलवस्तुमा सोमवार अमर्यादित ढंगले होली खेलेको आरोपमा प्रहरीले ११ जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जबरजस्ती रंग दल्ने, अमर्यादित रुपमा होली खेल्नेहरू रहेका छन् ।
यस्तै सवारी नियम उलंघन गर्ने २ सय ११ वटा मोटरसाइकल र १० वटा अटो रिक्सा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।